विराटनगर : ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस प्रतियोगिता आज सम्पन्न भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बीसीको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगितामा ब्याडमिन्टन तर्फ १६ टिम, डबल टेबलटेनिस तर्फ १५ टिम र सिंगल टेबल टेनिस तर्फ १२ टिमको प्रतिस्पर्धा भएको थियो । डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी र प्रहरी जवान जनम राई रहेका छन् ।
यस्तै, उपबिजेता हुने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र एक्तेन र प्रहरी नायब निरीक्षक बुद्धी दराई रहेका छन् । त्यस्तै, डबल टेबल टेनिसतर्फ बिजेता हुनेमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी हवल्दार आशाराम चौधरी र प्रहरी हवल्दार मान बहादुर राजबंशी रहेका छन् ।
यस्तै, सिंगल टेबल टेनिसतर्फ बिजेता सोही केन्द्रका प्रहरी हवल्दार आशाराम चौधरी र उपबिजेता प्रहरी सहायक निरीक्ष्ँक देवीप्रसाद ढकाल रहेका छन् ।
खेल प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने टिमहरुलाई आगामी असोज २० गते हुने ६६ औँ प्रहरी दिवस २०७८ मा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुण कुमार बीसीले जानकारी दिए ।
Discussion about this post