विराटनगर : नेपाली काङ्ग्रेसको जारी १४ औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगर समितिको शनिबार भएको अधिवेशनले आगामी कार्याकालका लागि दीपक चापागाईको नेतृत्व चयन गरेको छ ।
चापागाई दुई सय १२ मतसहित बाँकी सभापतिमा विजयी भएका हुन् । आइतबार (आज) बिहान सकिएको मत परिणाम अनुसार चापागाईका निकटतम् प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले एक सय ६५ मत प्राप्त गरे ।
सभापतिका अन्य प्रत्यासीहरूमा कृष्ण कार्कीले एक सय ३३ र अरुण न्यौपानेले एक सय २७ मत प्राप्त गरे ।
यस्तै, उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन् । सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई निर्वाचित भएका छन् भने सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भएका छन् ।
शनिबार भएको नगरअधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो ।
Discussion about this post