धरान : धरानको माछाभौडीमा कविहरूले कविता वाचन गरेका छन् ।
दसैँको पूर्वसन्ध्यामा माछाभौडीमा कविहरूले बिहीबार कविता वाचन गरेका हुन् । धरान वडा नं. ३ को आयोजना तथा कलरव धरानको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका संयोजक सुदीप पाख्रीनका अनुसार दसैँको शुभकामना आदानप्रदानसँगै कविता वाचन कार्यक्रम राखिएको बताए । उनका अनुसार दर्जन बढी कविहरूले कविता वाचन गरेका छन् ।
यसरी कविता वाचन गर्नेमा चन्द्र गुरुङ, सुदीप पाख्रिन, करुणा राई, सन्तोष थेबे, श्रेष्ठ परिक्रमा, प्रदीप मेन्याङ्बो, विवेक विवश रेग्मी, राज आशातीत, विनय सरगम, विशाल नाल्बो, याक्थुङ्वा कान्छा, इन्दु नेपाल योञ्जन, सुमन रेग्मी, नगेन्द्र सुवेदी, वीरेन सुब्बा, राजीव आचार्य, सुरज याक्थुङ्बा, तीर्थ निरौला लगायत छन् । वाचन गरिएका कविताहरू ‘युनिक फोटोग्राफी धरान’ को आधिकारिक युट्युबमा समेत राखिनेछ ।
धरान ३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठ र वडा सदस्य विकास बनेपालीले साहित्यको लागि आफूहरू जस्तोसुकै सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
Discussion about this post