इटहरी : होटल व्यवसायी संघ इटहरीले आइतबार (आज) विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिनिधिसभा सदस्य सिताराम मेहताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम इटहरीको होटल इन्टुरिष्टमा सम्पन्न भएको थियो । मेहताले कोरोनाका कारण होटल व्यवसाय थिलथिलो भएकाले सबैलाई सरकारले खोप दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पर्यटन उत्थान समिति प्रदेश १ संयोजक भविष श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशव विष्ट, नेविसंघ सभापति राजीव ढुंगाना, कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेल, माओवादी केन्द्र इटहरी इन्चार्ज मदन चुडाल लगायतले बोलेका थिए ।
उनीहरूले होटलको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले होटल व्यवसायले पर्यटन क्षेत्रको प्रबर्द्धन गरेको बताए । “होटल व्यवसायीहरूले पर्यटन क्षेत्रको प्रबर्द्धन गरेका छन्,” उनले भने, “व्यवसायको माध्यमबाट पर्यटन प्रबर्द्धन र एकताबद्ध हुन आवश्यक छ ।”
Discussion about this post