पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाद्वारा लिखित ढुंगाको प्रेम नामक कविता संग्रह लोकार्पण भएको छ ।
आइतबार पाँचथर सदरमुकाम फिदिममा एक कार्यक्रमका बीच पत्रकार बाँस्कोटाले लेखेको कविता संग्रहको लोकार्पण गरिएको हो ।
शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहमा २७ वटा कविता संलग्न रहेका छन् ।
कृतिको कवि विमल बैधले लोकार्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए ।
Discussion about this post