भोजपुर : आफ्नै श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
फराछेतरले आफ्नै श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभाने र इलाका प्रहरी कार्यालय दिङ्लाबाट गएको सयुक्त प्रहरीले उनलाई साल्पासिलिछो गाउँपालिका ५ बाखुबाट फेला पारी पक्राउ गरेको हो ।
प्रकाउ परेका सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post