भोजपुर : भोजपुरमा खुकुरी प्रहार गरी पत्नीको हत्या भएको छ।
जिल्लाको उत्तर साल्पासिलिछो गाउँपालिका ५ का ४० वर्षीय फाराछेतर शेर्पाले घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरेर ४० वर्षीया पत्नी छोटी शेर्पाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पत्नी हत्या गरी फरार रहेका शेर्पालाई भागिरहेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरी चौकी दोभानेबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको टोलीले साल्पासिलिछो गाउँपालिका ५ बाखुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकृत प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिए ।
Discussion about this post