तरहरा : विभिन्न ठाउँबाट धरान जाने सबै सवारी साधन तरहरामा रोकिएका छन् । इटहरी २० र २ मा पर्ने पानीपियामा ठूलो बाढी आएका कारण सबै सवारी साधनहरू तरहरामै रोकिएका हुन् ।
सबै सवारी साधन तरहरामै रोकिएपछि सयौँ यात्रुहरू अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पानीपियामा केही सुकुम्बासी बस्तीमा मानिसको उद्दार गरिएको तथा बाढीका कारण सबै सवारीसाधन रोकिएका हुन् ।
धरानतर्फबाट आएका सवारी पनि चारकोसेमै रोकिएका छन् । सबै सवारी साधन बीच बाटोमै पुगेका कारण यात्रुहरू चिन्तित बनेका छन् ।
इटहरी प्रहरीका अनुसार तरहराको पानीपिया, चौतारीचौक, खार्साला लाइन, जनसहयोग लाइन, कराइबन क्षेत्रमा डुबान भएको छ ।
यस्तै, इटहरीको खेती खोला, टेङ्ग्रा खोला, बूढी खोला लगायतका स्थानमा डुबान भएको छ । विभिन्न ठाउँमा अहिले नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा उद्दार कार्य भइरहेको छ ।
Discussion about this post