इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको बिर्तामोडमा ११, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ५–५, गौरादहमा ३, भद्रपुर र मेचीनगरमा २–२, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा २०, कटहरीमा ३, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा २–२, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, सुनसरीको धरानमा ८, इटहरीमा ४, दुहबी, बर्जू, गढी र वराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा ४ र चुलाचुलीमा १, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेहृथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
Discussion about this post