इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको भद्रपुरमा १०, बिर्तामोडमा ९, दमक, अर्जुनधारा र शिवसताक्षीमा ३–३, हल्दिबारी र कनकाईमा २–२ र गौरादहमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको विराटनगरमा १०, सुन्दरहरैँचामा ४, कटहरीमा ३, बेलबारीमा २, कानेपोखरीमा १ जना संक्रमित थपिएका छन् ।
यता, सुनसरीको धरानमा ३ जना संक्रमित थपिएका छन् भने इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, उदयपुरको उदयपुरगढीमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।
यही अविधमा प्रदेश १ मा ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
Discussion about this post