ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका २ ओलक गाउँका ७५ वर्षीय भीमबहादुर पौडेलको रुखबाट लडेर मृत्यु भएको छ ।
घर नजिकै रहेको कटमेरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक रुखबाट लडेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाए लगतै प्रहरी चौकी थेचम्बु र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post