इटहरी : नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष को हो भन्ने विषयमा विवाद देखिएको छ ।
यसअघि एमाले र माओबादी एकता हुनुभन्दा अगाडिका अध्यक्षलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्वीकार नगरेपछि विवाद देखिएको हो ।
१० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत अध्यक्ष छन् । भण्डारी ओली पक्षका हुन् । बस्नेत भने माधव नेपाल पक्षले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरुको पक्षका हुन् ।
भण्डारीले कात्तिक २ गते पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन् ।
यस्तै, कात्तिक ३ गते बस्नेत र जिल्ला इञ्जार्च धर्मराज निरौलाले विज्ञप्ति जारी गर्दै अर्का भण्डारीले जारी गरेको विज्ञप्ति झुटो भएको उल्लेख गरेको छ ।
सुनसरीमा गत पुस ५ पछि समानान्तर जिल्ला कमिटीहरू गठन भएका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सुनसरीमा ओली पक्षले भण्डारीलाई अध्यक्ष बनाएको थियो ।
Discussion about this post