विराटनगर : तीन दिनदेखि अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा आएको छ ।
अविरल वर्षाका कारण विमानस्थलमा बाढी पसेपछि तीन दिनदेखि अवरुद्ध विराटनगर विमानस्थल शनिबारबाट सञ्चालनमा आएको हो ।
विमानस्थलमा बाढी पसेपछि धावनमार्ग, पार्किङ एरियालगायतका ठाउँ डुबानमा परेको थियो । विमानस्थल जलमग्न भएपछि कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको जनाएको छ ।
Discussion about this post