इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । त्यस्तै, कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको मन्त्रालयले जनाएको छ ।
Discussion about this post