इटहरी : प्रहरीले खैरोहिरोइनसहित श्रीमान र श्रीमतीलाई नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १४ एकम्बाका २७ वर्षीय शिवे सरदार र उनकी श्रीमती २८ वर्षीय सगुन माझी (सरदार) रहेका छन् ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४१ ग्राम ५९० मिलिग्राम खैरोहेरोइन बरामद गरेको छ ।
शुक्रबार इटहरी १७ स्थित लबिपुर–तरहरा सडक खण्डमा लागूऔषध खैरोहिरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा शिवेलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा उनी र श्रीमती भएर बिक्रीका लागि थप परिमाण कोठामा लुकाएर राखेको भन्ने खुलेपछि प्रहरीले उनीहरूको कोठामा छापा मारेको थियो ।
छापा मार्ने क्रममा राखेको प्लास्टिकको सेतो बट्टाभित्र खैरो हिरोइन ३९ ग्राम ३०० मिलिग्राम, निलो धर्का भएको प्लास्टिकको पोकामा १ ग्राम, अर्को सेतो प्लास्टिकको पोकामा ६९० मिलिग्राम र ६ वटा सानो प्लास्टिकको पोकामा प्रति पोकामा १०० मिलिग्रामको दरले ६०० मिलिग्राम र डिजिटल काटा १ थान र लागूऔषध कारोबारबाट जम्मा भएको १५ हजार ७१० नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post