इटहरी : इटहरीमा बालविवाह गरको अभियोगमा बेहुला–बेहुलीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी २ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको सन्दीप रसाइलीसँग बालविवाह गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेहुला सन्दीप, बेहुली, बेहुलाको बुवा कालु बहादुर रसाइली र बेहुलीको आमा सेविका दर्नाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई असोज २५ गते विवाहको मण्डपबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालत सुनसरीबाट बालविवाह मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
Discussion about this post