इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले आज एक सूचना जारी गर्दै राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ।
एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र देउसी, भैलो, नाचगानलगायत कार्यक्रम राति १० बजेसम्म शान्तिपुर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको हो अनुरोध पालना नभए कानुन वमोजिम कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।
प्रजिअ इन्द्रदेव यादवद्धारा जारी सूचनामा पटका, अतिसवाजी, झिरझिरे, भुईचम्पाजस्ता विष्फोटक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपसार वा बिक्रीवितरण नगर्न पनि आग्रह गरेको छ ।
देउसी भैलो कार्यक्रमहरु सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरि मर्यादित र अनुशासितरुपमा सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
यस्तै, भीडभाडजन्य गतिविधि गरि समाजमा अशान्ति एवं अशोभनिय क्रियाकलापजन्य कार्यहरु नगर्न पनि प्रशासनको आग्रह छ ।
Discussion about this post