इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा एमालेको महाधिवेशनप्रति असन्तुष्ट जनाएका छन् ।
एमाले सुनसरीका पूर्व अध्यक्ष समेत रहेका उनले महाधिवेशन प्रतिनिधिको चुनाव नभइ सहमति गरिनुले असन्तुष्टि जनाएका हुन् ।
चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म टिके प्रथाबाट प्रतिनिधि चयन गर्न बन्द हुँदैन, तब सम्म पार्टी सदस्यहरुको हक र अधिकारको उचित सम्मान हुदैन ।’
चौधरीले पार्टीभित्र योग्य प्रतिनिधिको मूल्याङ्कन नभएको बताए ।
‘आन्तरिक चुनावबाट डराउने र भाग्नेले स्थानीय र प्रदेशको चुनावमा कसरी प्रतिष्पर्धा गर्नु हुन्छ ?’ उनले लेखेका छन्, ‘भीरबाट लड्ने गोरूलाई राम–राम भन्न सकिन्छ काँध थाप्न सकिन्न ।’
Discussion about this post