इटहरी : सुनसरीको भिन्नाभिन्नै दुई स्थानबाट प्रहरीले गाडीसहित ५६ बोरा चिनी बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गत मंसिर १ गते इनरुवा नगरपालिका ९ बाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ भन्सार छली प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतीय चिनी बरामद सहित सामान धनीलाई पक्राउ गरेको हो ।
यसैगरी गढी गाउँपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटरसाइकलमा सवार मानिसहरूले बरामद २ बोरा सुर्ती र ६ बोरा चिनी ल्याउँदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाइकल र सामान छोडेर भागेका थिए ।
बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मूल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद भएको सामान र सामान धनीसहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post