इटहरी : नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन् ।
आइतबार भएको निर्वाचनको अन्तिम परिणाम सोमबार आउँदा उनले सञ्जयकुमार श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
श्रेष्ठ संस्थापन पक्षबाट चुनावी मैदानमा होमिएका थिए भने भण्डारी संस्थापनइतर प्यानलका हुन् । भण्डारीले १४२२ मत प्राप्त गर्दै विजयी भएका हुन् भने श्रेष्ठले १३०९ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापनइतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।
यस्तै, सहसचिवमा संस्थापन पक्षका गणेश सुब्बा र मनिषकुमार राय निर्वाचित भएका छन् ।
Discussion about this post