इटहरी : मोरङ र सुनसरीका गरि दुई छुट्टाछुटै स्थानबाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ परेका छ ।
प्रहरीका अनुसार हिजो बेलुका लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट गएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे २ का २४ वर्षीय राजु मोते भन्ने विवेक मोते पक्राउ परेका हुन् ।
उनलाई बिराटनगरको १ नम्बर ढाटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी, दुहबी सि. आर. भि .बाट गएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ वर्षीय किरण थापा मगर र सोही स्थानका ३१ वर्षीय राम कुमार यक्चोलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
उनीहरुलाई हिजो एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुल सहित दुहबीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post