इटहरी : प्रदेश १ मा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ८, मोरङमा ५, सुनसरीमा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा २, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, बाहृदशी, गौरीगञ्ज र शिवसताक्षीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने मोरङको कानेपोखरीमा २, उर्लाबारी, बेलबारी र सुन्दरहरैचामा १–१ जनामा संक्रमण देखिएको छ ।
यसैगरि सुनसरीको दुहवीमा २, भोजपुरको अरुण गाउँपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा थप १६ जना कोरोना संक्रमणमुक्त छन्
Discussion about this post