मोरङ : धनकुटाको पाख्रीवास नगरपालिका – ४ घर भई मोरङ बुढीगंगा गाउँपालिका –६ बस्ने २६ वर्षिय रिजन दाहालको हत्याको मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना भएको २२ दिनपछि रिजनको हत्या आरोपमा बुढिगंगा गाउँपालिका –६ डल्लेपुल बस्ने २६ वर्षिय धन बहादुर तमाङलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङ घटनाको मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । रिजनको हत्या गरेपछि उनी भारत तीर फरार भएका थिए ।
लामो समयसम्म फरार रहेका तामाङलाई प्रहरीले भारतदेखि पक्राउ गरेर शनिबार राती मोरङ प्रहरीले ल्याएको हो । तामाङलाई पक्राउ गर्न मोरङ प्रहरीको डिएसपीको नेतृत्वमा टोली भारततिर गएको थियो । भारतीय प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य पाँच जना यसअघि पक्राउ परिसकेका छन् । पक्राउ परेका तामाङलाई आइतबार ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारीका छन् ।
रिजनको हत्या आरोपमा प्रहरीले यसअघि सुनसरी ईटहरी उपमहानगरपालिका ११ भागलपुर बस्ने बर्ष २२ को राजु तमाङ, मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २१ वर्षिय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका ६ का २४ वर्षिय ईश्वर लिम्बु, सोही ठाउँका १८ वर्षिय सुदिप उराउ र २० वर्षिय सुदिप उराउँलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
Discussion about this post