झापा : दमक नगरपालिका १० मा आफ्नै श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वर्ष ४९ कि घनादेबी आचार्य रहेकी छिन् । कुटपिटबाट श्रीमतीको निधन भएपछि उनका श्रीमान ४५ वर्षीय राम कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
घनादेवीलाई बिहिबार श्रीमानले कुटपिट गर्दा घाईते भएकी थिइन् । उनलाई बिराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो ।
उपचारको क्रममा निको हुन नसकेपछि डाक्टरको सल्लाह अनुसार घर फर्किने क्रममा शुक्रबार नै घनादेवीको मृत्यु भएको थियो । कुटपिटमा संलग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post