इटहरी : नेपाली कांग्रेस प्रदेश १ मा देउवा–सिटौला समूहका उद्वव थापा विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम सोमबार बिहान आउँदा थापा दुई मतान्तरले विजयी भएका हुन् ।
थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका छन् भने निकटतम प्रतिद्वन्द्वी पौडेल–कोइराला समूहका गुरु घिमिरेले ८४२ मत प्राप्त गरेका छन् । थापा कांग्रेस झापाका पूर्व सभापति हुन् भने घिमिरे नेविसंघका पूर्व सभापति तथा कांग्रेसका केन्द्रीय सदस्य भइसकेका छन् ।
यस्तै, उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । उनीहरूलाई क्रमश ८९१ र ८४७ मत प्राप्त भएको छ । निकटतम प्रतिद्वन्द्वी गोविन्द प्रसाद ढुंगाना (केदार) को ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) को ६६९ मत आएको छ ।
यस्तै, महामन्त्रीमा संस्थापन इतरका उमेश थापाले ८ सय ३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
यस्तै, संस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई विजयी भएका छन् । सह–महामन्त्रीमा महिलातर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी भएकी छन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छन् ।
यस्तै, सह–महामन्त्री खुल्लातर्फ खड्ग फागोले १ हजार २६ मत प्राप्त गर्दै विजयी भएका छन् । यस्तै, अर्का विजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि विजयी बनेका छन् ।
कस्को कति मत ?
सभापति :
१.उद्दव थापा -८४४
२.गुरुराज घिमिरे -८४२
उपसभापति स्
१.गोबिन्द प्रसाद ढुंगाना (केदार) -७६५
२.टंक प्रसाद राई -८४७
३.रमेशजंग रायमाझी -८९१
४.बिश्वनाथ रिजाल (त्रिलोचन) -६६९
महामन्त्री :
१.उमेश थापा -८२३
२.दिपन कुमार श्रेष्ठ -७६४
३.पदम सुन्दर पालुङ्गवा -८०७
४.भुपेन्द्र राई -८२४
सह-महामन्त्री :
१.प्रमिला गछदार -८३७
२.सीता कार्की -७३३
सह-महामन्त्री :
१.खड्ग फागो -१०२६
२.रोहित कुमार शाह -६६५
३.बिनोद कुमार बस्नेत -७४७
४.विरकाजी राई -६४७
५.शुभचन्द्र राई -८४
Discussion about this post