इटहरी : मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार सन्तोषजंग थापाको शब्द रचना र नवीन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ ।
नेपालकै गाउघरको यर्थाथपरक कथामा आधारित भिडियोमा फोटो पत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नवीनबाबू गुरुङको सिनेमाटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ ।
सिजन इन्टरटेन्मेनटद्धारा निर्माण गरिएको भिडियोलाई सिजन टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
(भिडियो)
Discussion about this post