इटहरी : इटहरीमा जारी १२ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा युथ क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यूरोड टिम (एनआरटी) विरुद्व ३–० ले पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
सगरमाथाका लागि पहिलो हाफको तीन मिनेटमै आभाष लामिछानेले गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै, दोस्रो हाफको २४ मिनेटमा प्रदीप लामाले थप एक गोल गरे ।
लगत्तै खेलको २८ मिनेटमा पुनः आभाषले नै गोल गर्दै सहज जीत निकालेका हुन् ।
खेल अवधिभर गोल गर्ने प्रयत्न गरेपनि एनआरटी असफल बन्दा सगरमाथाका लागि सहज जीत हात परेको हो । खेलको म्यान अफ द म्याच उनै आभाष हुँदै नगद १० हजार हात पारे ।
चैत २६ गतेसम्म हुने प्रतियोगितामा दुई बिदेशी सहित ८ टिमले सहभागी जनाएका छन् ।
प्रतियोगिताको बिजेताले सात लाख पाउनेछन् भने उपबिजेताले तीन लाख पचास हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
Discussion about this post