इटहरी : नेपाल रेडक्रस सोसाइटी इटहरीमा केही महिनाअघि खरिद भएर आएको शव बाहनले गाउँसमाजमा मृत्यु भएका मानिसको शव घाटसम्म लैजान अहिले धेरै सहज भएको छ ।
मानिसको मृत्युपछि घाटसम्म लैजानका लागि उक्त शव बाहनले सहज भएको हो ।
नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका सभापति विमल पौडेलका अनुसार २७ लाखमा खरिद गरिएको शव बाहनले अहिले सडकमा भेटिएका बेवारिसे शव, दुर्घटनमा मृत्यु भएका तथा स्थानीय विपन्न परिवारको मृत्यु भएमा स्थानीय सरकारको सिफारिसमा निःशुल्क सेवा दिँदै आएको छ ।
यस्तै, अन्य यहाँका मानिसहरूको पनि मृत्यु भएको अवस्थामा कम शुल्कमा सेवा दिँदै आएको उनी बताउँछन् ।
‘त्यहाँ जम्मा भएका रगतमध्ये हामीले ४० प्रतिशतसम्म रगत संकलन गरेका छौँ,’ उनले भने, ‘कोही मानिसले रक्तदान गर्नु भनेको अरु कोही मानिसको जीवन बचाउनु हो, त्यसैले रक्तदानभन्दा ठूलो सामाजिक कार्य अरु केही हुँदैन ।’
इटहरी उपमहानगरपालिकाबाट प्राप्त सात लाख र यशेष्कर सदस्य तथा विशिष्ट सदस्यबाट प्राप्त भएको रकमले शव बहान खरिद गरिएको उनले बताए ।
यस्तै, रेडक्रस इटहरीका दुईवटा एम्बुलेन्स हाल सञ्चालनमा रहेका छन् । स्थानीय अस्पतालको सिफारिसमा विपन्न परिवारलाई निःशुल्क सेवा दिइँदै आएको छ भने अन्य मानिसलाई कम शुल्कमा सेवा दिइँदै आएको पौडेल बताउँछन् ।
‘क्यान्सर पीडित र नियमित डायलासिस गराउन जाने बिरामीलाई एम्बुलेन्समा छुट पनि गरिदैँ आएको छ,’ उनले भने ।
पौडेलको सामाजिक यात्रा
शव बाहन खरिद सँगै अन्य सामाजिक काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका पौडेल २०५० सालमा इटहरी रेडक्रस स्थापनाताका सदस्यबाट प्रवेश गरे ।
त्यससँगै सचिव, उपभासभापति हुँदै हाल दश वर्षअघिदेखि सभापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
‘२०४३ सालमा सहयोग समितिको रूपमा स्थापना भएको इटहरी रेडक्रस ५० सालमा उपशाखाका रूपमा स्थापना भएको हो,’ उनले भने, ‘रेडक्रस भनेको हरेक विपत्तिको बेला समस्यामा परेकाहरूलाई सहयोग गर्ने सामाजिक संस्था हो ।’
उनले रेडक्रसको माध्यमबाट समाजमा गरेका सकारात्मक परिवर्तनको स्मरण गरे ।
भने, ‘धरानस्थित वीपी प्रतिष्ठानको रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैँक) मा रगत अभाव हुनेबित्तिकै यहाँबाट हामीले रगत संकलन गर्दै आएका छौँ ।’
उनका अनुसार वीपी प्रतिष्ठान धरानको रक्तसञ्चार सेवा केन्द्रमा जम्मा भएका रगतमध्ये इटहरी क्षेत्रबाट मात्रै ४० प्रतिशत बढी रगत संकलन हुने गरेको छ ।
‘त्यहाँ जम्मा भएका रगतमध्ये हामीले ४० प्रतिशतसम्म रगत संकलन गरेका छौँ,’ उनले भने, ‘कोही मानिसले रक्तदान गर्नु भनेको अरु कोही मानिसको जीवन बचाउनु हो, त्यसैले रक्तदानभन्दा ठूलो सामाजिक कार्य अरु केही हुँदैन ।’
रेडक्रसले जाडोयाममा सरकारी विद्यालयका विद्यार्थीहरूलाई कपडा वितरण, बाढीपीडितलाई राहत वितरण, समस्यामा परेकाहरूको उद्वार तथा उपचार नपाएर छटपटाएकाहरूलाई उपचार खर्च पनि प्रदान गर्दै आएको उनले बताए ।
यस्तै, हाल इटहरी ४ भेटघाट चौकमा ३ कठ्ठा जमीनमा आवासगृहसहितको फराकिलो भवन बनाउने तयारी सुरु गरिएको उनको भनाइ छ ।
अहिले आफ्नै भवन रहेपनि अब एम्बुलेन्स, शव बाहन पार्किङसहित आवासगृह पनि बनाउनेगरी भवन निर्माणको कामको प्रक्रिया अगाडि बढाउने तयारी थालिएको उनको भनाइ छ ।
उनले भने, ‘नाफारहित, राजनीतिरहित रूपमा विशुद्व सामाजिक काम गर्नका लागि रेडक्रस एउटा उदाहरणीय संस्था हो, रेडक्रस इटहरी उपशाखा नेपालकै उत्कृष्ट दशौँ नम्बरमा पर्छ ।’ उनका अनुसार रेडक्रस इटहरी उपशाखा देशकै उत्कृष्ट दशौँ नम्बरमा पर्ने तथा सुनसरीकै पहिलो नम्बरमा रहेको छ ।
उनले विगत स्मरण गर्दै आफू काठमाडौँमा रोजगारीको सिलसिलामा रहेका बेलाको दुुःख सम्झिए । भने, ‘दुःख के हो भन्नेकुरा काठमाडौँमा जागिरमा रहँदा थाहा पाएँ, केही वर्ष जागिर खाएपछि इटहरी आएर व्यापार सुरु गरेँ ।’
‘हामीले विद्यार्थीहरूलाई पनि रेडक्रसमार्फत सामाजिक काम गर्न प्रेरित गरिरहेका छौँ,’ उनले स्मरण गर्दै अगाडि भने, ‘एकपटक धनकुटा जेलमा बस्ने कैदीलाई समस्या परेको थाहा पाएपछि कपडा वितरणसहित अन्य सहयोग पनि गरेका थियौँ, यसरी कैदीलाई जेलमै पुगेर पनि सहयोग गर्दै आएका छौँ ।’
हाल इटहरी उपशाखा सभापति तथा सुनसरी जिल्ला सदस्य समेत रहेका उनले रेडक्रसमा बसेर गरेका सकारात्मक कामले थुप्रै मानिसलाई सामाजिक बन्न प्रेरित गरेको छ ।
त्यसो त इटहरी जेसीजका पूर्व अध्यक्ष समेत रहेका उनी लायन्स क्लब इटहरी, सुनसरीको २००३/०४ को अध्यक्ष पनि भए । इटहरीमा रहेको जनता क्याम्पसको पूर्व सन्चालक समिति सदस्य तथा हाल विश्व आदर्श कलेजको सञ्चालक समिति सदस्य पनि हुन् ।
२०१९ माघ १० गते धरान नयाँबजारमा जन्मिएका उनी २०४९ सालदेखि इटहरी बस्न थालेका हुन् ।
महेन्द्र क्याम्पस धरानमा स्तानत तह उत्तीर्ण गरेका पौडेलले आफ्ना हजुरबुबा दिनानाथ पौडेल र फुपाजु तथा रेडक्रस इटहरीका पूर्व सभापति रामचन्द्र अधिकारीको प्ररणाले सामाजिक काम गर्न उत्प्रेरित गरेको बताए ।
उनले भने, ‘हजुरबुबा र ससुराबुबा शिक्षित भएकै कारण आज मैले समाजमा सकारात्मक काम गर्ने प्रेरणा पाएँ, इटहरीका विभिन्न सामाजिक संस्थामा रहेर सकारात्मक परिवर्तनका निम्ति काम गर्दै आएको छु ।’
उनले विगत स्मरण गर्दै आफू काठमाडौँमा रोजगारीको सिलसिलामा रहेका बेलाको दुुःख सम्झिए । भने, ‘दुःख के हो भन्नेकुरा काठमाडौँमा जागिरमा रहँदा थाहा पाएँ, केही वर्ष जागिर खाएपछि इटहरी आएर व्यापार सुरु गरेँ ।’
उनले जागिरताका समय स्मरण गर्दै भने, ‘भर्खरै प्लस टु अध्ययनरत रहँदै जागिरमा जानुपथ्र्यो, दुःखको सम्झना त सीमा नै हुन्न ।’
यद्यपि, अहिले सामाजिक सेवामा समर्पित रहेका उनी पछिल्लो समय आम मानिसका लागि उदाहरणीय पात्र बनेका छन् ।
Discussion about this post