झापा : काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान झापा जिल्लाले यहाँको कनकाइ नगरपालिकामा एक कार्यक्रमकाबीच सम्मान कार्यक्रम गरेको छ ।
बुटवलमा सम्पन्न छैठौं केन्द्रीय महाधिवेशनपश्चात् केन्द्रीय समितिमा निर्वाचित भएका केन्द्रीय उपाध्यक्ष शान्तिबहादुर अधिकारी, केन्द्रीय सचिव निर्मल अधिकारी, केन्द्रीय सचिवालय सदस्य एवम् केन्द्रीय सदस्य पवन अधिकारी तथा चन्द्रमणि अधिकारीलाई सम्मान गरिएको हो ।
सम्मानितहरूलाई जिल्ला अध्यक्ष मोहनप्रसाद अधिकारीले सम्मान गरेका थिए ।
सम्मानपश्चात् प्रमुख अतिथि समेत रहेका केन्द्रीय उपाध्यक्ष शान्तिबहादुर अधिकारीले विश्वभरका अधिकारीहरू एक रहेको बताए । उनले सबै एक भएर अगाडि बढ्नुपर्ने तर्क गरे ।
कार्यक्रममा केन्द्रीय सचिव निर्मल अधिकारी, केन्द्रीय सदस्य पवन अधिकारी, चन्द्रमणि अधिकारी लक्ष्मी अधिकारी लगायत झापा जिल्लाका स्थानीय पालिकाहरू अध्यक्षहरूले मन्तव्य राखे ।
Discussion about this post