टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home कला साहित्य

राज्यव्यवस्था विरुद्वको नाटक ‘बन्द बाक्सा’

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ बैशाख ३ गते, ७:०१ बजे
0
राज्यव्यवस्था विरुद्वको नाटक ‘बन्द बाक्सा’
87
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अध्याँरो कोठाभित्र अचानक झ्याली, झ्याम्टा र ढोल बज्न सुरु हुन्छ । एक हुल मानिसहरू साकेला नाच्न थाल्छन् । केहीबेर नाचेपछि थकान मेट्न बसेको एकैछिनपछि सबैजना आ–आफ्नो बाटो लाग्छन् । साकेला नाच्न आएका पारुहाङ र सुम्निमा भने प्रेमको प्यासमा डुब्छन् ।

माथि उल्लेखित दृश्य धरान १० स्थित सैनिक भवनमा देखाइएको नाटक ‘बन्द बाक्सा’ भित्रको हो । इटहरीका मिलन चाम्लिङको लेखन तथा निर्देशन रहेको उक्त नाटक चैत २७ गतेदेखि मञ्चन हुँदै आएको छ ।

घरीघरी नाटकको ‘सिन’ले दर्शकको मनमा प्रेम थपिदिन्छ, घरीघरी उर्जा दिन्छ भने घरीघरी विक्षिप्त बनाइदिन्छ ।

देशमा रोजगारीको सृजना नभएको अवस्थामा चरम गरिबी र ऋण तिर्नकै लागि ऋण खोजेर साथीहरूको संगतले विदेशिएका युवकको शव बाकसमा आएको अवस्थालाई नाटकमार्फत जीवन्त अभिनय गरिएको छ ।

‘आमाको चाउरिदैँ गएको गालामा खुशी थपिदिन देश छाडेर गएको युवक बाकसमा फर्किनुपर्ने बाध्यता अहिले पनि छ,’ चाम्लिङ भन्छन्, ‘राज्यव्यवस्थाले युवाका लागि रोजगारी सृजना गर्न नसकेका कारण आम युवा जमात पासपोर्ट बोकेर बाहिरिनुपर्ने बाध्यतालाई नाटकमार्फत देखाइएको हो ।’

घरको उही, उस्तै दैनिकीका कारण भएको ऋण तिर्न नसकेर विदेश जानुपर्ने बाध्यता विद्यमान रहेकाले विदेश गएको केही समयमै ‘बन्द बाक्सा’मा शव ल्याउनुपर्ने अवस्थालाई नाटकमार्फत चित्रण गरिएको चाम्लिङले बताए ।

विदेश जानुअघि पारुहाङलाई आफ्नी आमाले यसअघि नै बा हराएको स्मरण गर्दै विदेश नजान भन्छिन् । तर, घरको ऋण सम्झेर असह्य भएपछि भर्खरै विवाह गरेकी श्रीमती र बूढी भएकी आमालाई छाडेर विदेश गएको केही महिनामै उनको शव बाकसमा आउँदा गाउँलेहरू विक्षिप्त बन्छन् ।

रङ्गभूमि एकेडेमी धरानले प्रस्तुत गरेको नाटकमा पारुहाङ (हरि इवाहाङ लिम्बू) र सुम्निमा (सम्झना राई) मुख्य पात्र छन् ।

करीब १ घण्टा २० मिनेटको नाटकमा ११ वटा ‘सिन’ रहेको छ । यस्तै, नाटकको कलाकारहरूमा हरि इवाहाङ लिम्बू, सम्झना राई, रमिता राई, विशाल नाल्बो, उदीप इवाहाङ, एसिका राई, दीपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रियङ्का राई र इन्द्र राई रहेका छन् ।

रङ्गभूमि एकेडेमीका अध्यक्ष बिष्णु मोक्तानका अनुसार नाटक बैशाख ३ गतेसम्म मञ्चन हुनेछ । ‘बन्द बाक्सा नाटक राज्यको व्यवस्थाले निर्धारण गरेको नीतिले जबरजस्ती लादिएको यथार्थ कथा हो,’ उनले भने, ‘यो नाटक एउटा परिवारको, समाजको, जनताको कथा हो, वास्तवमा जनतालाई राज्यले भोट बैँकको रूपमा मात्र प्रयोग ग¥यो ।’

उनका अनुसार राज्यको उदासिनताका कारण आम युवा भोट बैँकको रूपमा मात्रै प्रयोग भइरहेकाले पनि नाटकमार्फत सन्देश दिन खोजिएको छ । उनका अनुसार हालपनि नेपालबाट दैनिक एक हजार छ सय जना युवा वैदेशिक रोजगारीमा बाहिरी मुलुक गइरहेका छन् ।

‘आम मानिस खुशी खोज्नका लागि विदेशिरहेका छन्, सबै मानिसको सपनाले आकार पाउँछ भन्ने नै छैन,’ मोक्तानले भने, ‘यो तीनै आकार नपाएका मानिसहरूको कथा हो ।’

 

Tags: कलाटाकुरा विशेषनाटकमिलन चाम्लिङ

सम्बन्धित समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका
समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
0

झापा : झापाको अर्जुनधारा नगरपालिका ४ मा बोराभित्र शव फेला परेको छ । सोमबार बिहान बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई...

Read more
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे
विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:०६ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे



लाेकप्रिय

  • ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    2066 shares
    Share 826 Tweet 517
  • इटहरीको जुट विकासमा चितुवा भेटिएपछि…

    1056 shares
    Share 422 Tweet 264
  • इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने मेयरको अभिव्यक्तिपछि चौतर्फी विरोध

    722 shares
    Share 289 Tweet 181
  • इटहरीमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै वडा कार्यसमितिले गर्यो कारबाहीको सिफारिस

    720 shares
    Share 288 Tweet 180
  • युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल, इटहरीका एक पुरुषसहित ६ जना पक्राउ

    673 shares
    Share 269 Tweet 168
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : [email protected]
फोन : ९८५२०२७०२८

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana