इटहरी : इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले निर्वाचन जित्नका लागि मात्रै नभइ इटहरीलाई जिताउनका लागि गठबन्धन बनेको तर्क गरेका छन् ।
नेपाली कांग्रेस इटहरी २० द्वारा शनिबार (आज) तरहरामा आयोजित भेलामा मेयरका उम्मेदवार पौडेलले गठबन्धन निर्वाचन जित्नका लागि मात्रै नभई इटहरीलाई जिताउनका भएको तर्क गरेका हुन् ।
‘हामीले गठबन्धन निर्वाचन जित्नका लागि मात्रै होइन, शासक बन्नका निम्ति मात्रै होइन,’ पौडेलले भने, ‘विशिष्ट परिस्थितिको बेला बनेको गठबन्धन हो यो, हामीले इटहरीलाई जिताउनका निम्ति बनेको गठबन्धन हो यो ।’
उनले अहिलेसम्म इटहरीमा नेकपा एमालेले सत्ता कब्जा गरेर जनतालाई दुःख दिएको बताउँदै भने, ‘हामीले विकासका कुरा उठाउँदै आएका छौँ, विकास भनेको भौतिक विकास मात्रै होइन, हामीले शैक्षिक उन्नयनका कुरा गरिरहेका छौँ, स्वास्थ्यका कुरा गरिरहेका छौँ, मानवीय विकासका कुरा गरिरहेका छौँ ।’
गठबन्धनले इटहरीबासीको आर्थिक, सामाजिक विकासका मुद्वाका कुरा उठाएकाले एकपटक अवसर दिएर हेर्नुपर्ने बताए ।
इटहरीमा एमालेको सरकार रहँदा सर्वहारा नागरिकले आधारभूत आवश्यकता पनि पूरा नगरेको बताउँदै भने, ‘एमालेका साथीहरुलाई अहंकार र दम्भ पलायो, जनतामाथि जे गर्दा पनि हुन्छ भन्ने भान भयो, यो कुरा जनतालाई कदापी स्वीकार्य हुनेछैन ।’
उनले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूहरू सबैठाउँ पुुग्न नसकिने बताउँदै गठबन्धनको विचार इटहरीबासीकहाँ पुुग्नुपर्ने तर्क राखे ।
उनले एउटै दलबाट पाँचैजना उम्मेदवार उठेपनि ती गठबन्धनको उम्मेदवार भएको कारण जिताउनका निम्ति अपिल गरे । इटहरीमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा केशवकुमार विष्टलाई अघि सारिएको छ ।
Discussion about this post