टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
No Result
View All Result
Home टाकुरा विशेष

इटहरीमा रात्रीकालीन बजार लगाउने नाममा उपमहानगरले ढाँट्यो

टाकुरा न्युज । इटहरी by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ बैशाख १८ गते, १२:५१ बजे
0
कोरोना राहत, उद्धारमा छुट्याएको ५ करोड के मा खर्च भयो ? खर्चको हिसाब दिन मान्दैन इटहरी उपमहानगर
196
SHARES
Share on FacebookShare on Twitter

इटहरी : रात्रीकालीन बजार लगाउने नाममा इटहरी उपमहानगरपालिकाले ढाँटेको छ ।

०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि इटहरी उपमहानगरपालिकाको ३० औँ कार्यपालिकाको बैठकले रात्रीकालीन बजार लगाउने निर्णय गरेको थियो । बजार लगाउने नाममा उपमहानगरले विभिन्न मितिमा २२ लाख बढी रकम खर्च गरेपनि हालसम्म रात्रीकालीन बजारको उपलब्धि शून्य छ ।

०७५ सालभित्रै रात्रीकालीन बजार लगाइने बताइएको भएपनि ०७६ भदौ ३१ गते उपमहानगर परिसरमा पत्रकार सम्मेलन गर्दै उपमेयर लक्ष्मी गौतमले भनेकी थिइन्, ‘विगतमा हामीले जनतालाई ढाट्यौँ, अब काम गरेर देखाउछौँ, शान्ति सुरक्षाको प्रबन्ध हुन्छ, यहि कात्तिक भित्रमा इटहरीमा रात्रीकालीन बजार लगाउने गरी काम अगाडि बढाउँछौँ ।’

२०७६ कात्तिकभित्रमा इटहरीमा रात्रीकालीन बजार लगाउनेगरी तयारी थालिएकाले चाँडै सम्पन्न हुने बताइएको थियो । तर, हालसम्म रात्रीकालीन बजारको नाममा २२ लाख ४ हजार ५७८ रुपैयाँ खर्च गरिसकिएको छ भने उपलब्धि शून्य छ ।

इटहरी ४ मा रहेको आइतबारेदेखि टेलिकमसम्म करीब १ किलोमिटर क्षेत्रमा रात्रीकालीन बजार लगाउने गरी ‘रात्री बजार सञ्चालन व्यवस्थापन समिति’ भनेर कृष्ण भट्टराईको संयोजकत्वमा उपभोक्ता समिति गठन गरिएको थियो । उनले रात्रीकालीन बजार लगाउने काम भएपनि पूर्णता नपाएको स्वीकार गरे ।

‘राम्रो प्लानिङ पनि भएन, कोभिड भएका कारण रात्रीकालीन बजार लाग्न सकेन,’ उनले भने, ‘केके काम गरियो भन्ने पनि बिर्सिसकियो, त्यहीपनि १२ लाख बराबरको काम भएको छ ।’

उनले हालसम्म १२ लाख बराबरको काम भएको बताए । जबकि, इटहरी उपमहानगरले भने हालसम्म दुई फरकफरक मितिमा २२ लाख ४ हजार ५७८ रुपैयाँ भुक्तानी गरिसकेको छ । इटहरी उपमहानगर स्रोतका अनुसार ०७६ असोज १२ गते १० लाख ४ हजार २०६ रुपैयाँ (चेक नं. १००५२४१११) रहेको छ ।

यस्तै, ०७६ पुष २९ गते १२ लाख ३७२ रुपैयाँ (चेक नं. १०३३८७१०७) रहेको छ । यसरी दुईपटक गरी उपमहानगरपालिकाले सो रकम भुक्तानी गरेपनि भट्टराईले हालसम्म १२ लाख बराबरको मात्रै काम भएको दाबी गरे ।

रात्रीकालीन बजार लगाउने नाममा भएको खर्च ।

उनका अनुसार त्यसबेला रात्रीकालीन बजार लगाउने भनिएको क्षेत्रमा १० वटा सौर्यबत्ती जडान, ८ वटा सीसी क्यामेरा जडान, बस्नका लागि फलैँचा तथा रुखहरुमा रंगरोगन गरेको थियो । उपमहानगरले ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेपनि २२ लाख रुपैयाँ बढी भुक्तानी भएपछि काम अगाडि बढेन ।

‘इटहरीको रात्रीकालीन बजार ८ बजे नै बन्द हुन्छ, बाहिरबाट आउने मानिसहरुले एउटा ब्रस किन्ने ठाउँ पनि हुँदैन,’ भट्टराईले टाकुरासँग भने, ‘रात्रीकालीन बजारका कारण यहाँको आर्थिक वृद्धिमा सपोर्ट पुग्छ, बाहिरबाट आउने मानिसलाई होल्डिङ सेन्टर पनि हुन्छ भन्ने योजनाअनुरुप बजार लगाउन खोजिएको थियो, तर कोरोनाका कारण सम्भव भएन ।’

रात्रीकालीन बजार लगाउनुअघि इटहरीको बुधबारे, संगीत चोक, काव्यबाटिका क्षेत्र र आइतबारे क्षेत्रको अनुगमन गर्दा आइतबारेमा सुरक्षाको प्रत्याभूति हुने भएकाले यहाँ बजार लगाउने उपमहानगरले निर्णय गरेपनि प्लानिङ राम्रो नहुँदा बजार नलागेको उनको दाबी छ ।

यता, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले रात्रीकालीन बजार लगाउनका लागि काम अगाडि बढेपनि कोरोनाका कारण सम्भव नभएको प्रतिक्रिया दिइन् ।

‘काम अगाडि बढेकै हो, सटर लिएर प्रहरी बिट राख्ने भनिएको थियो,’ उनले टाकुरालाई भनिन्, ‘कोभिडले गर्दा दिउँसोको बजार नै बन्द भयो, कसरी रात्रीकालीन बजार लगाउने ।’ उनले यसवर्षको चालू खर्चमा बजेट बिनियोजन गर्न सकिने भएपनि चुनावको वर्ष भएका कारण बिनियोजन नगरिएको बताइन् ।

यता, होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा पर्यटन व्यवसायी जीवन पराजुलीले पर्यटन क्षेत्रको प्रवद्र्धन हुने किसिमले योजना बनाएपनि बालुवामा पानी भएको तर्क गरे ।

उनले भने, ‘पालिकाले जुन भिजन ल्याएको थियो, त्यो राम्रो हो । तर, एउटा पर्यटनको वा व्यवसायीको विज्ञ टिमसँग समन्वय गर्नुपथ्र्यो, अहिले रात्रीकालीन बजारको अवधारणाले खुशी भएका व्यवसायी निराशामा परिणत भए ।’

उनले आफूहरुले तिरेको करबाट रात्रीकालीन बजारका नाममा उपलब्धिमूलक लगानी गरेको बताए ।

रात्रीकालीन बजारले आगन्तुक पर्यटकहरू भित्र्याउने लक्ष्य लिइएपनि उपमहानगरले बजेट मात्रै खर्च गरेकाले अहिले व्यवसायीहरुले आफूलाई उपमहानगरले ढाँटेको बताउँदै आएका छन् ।

Tags: #इटहरी उपमहानगरपालिकाटाकुरा विशेष

सम्बन्धित समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका
समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

by टाकुरा न्युज । इटहरी
प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
0

झापा : झापाको अर्जुनधारा नगरपालिका ४ मा बोराभित्र शव फेला परेको छ । सोमबार बिहान बस्तीमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई...

Read more
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे
विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री सकारात्मक, पहिले जग्गा फुक्का गरिने

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:०६ बजे

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

झापामा बोराभित्र शव फेला, हत्याको आशंका

प्रकाशित मिति : २०७९ असार १३ गते, २१:२५ बजे
पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

पिकनिक खान जाँदा विवादको क्रममा साथीको हत्या, फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:५४ बजे
इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

इटहरीमा मेनपावर सञ्चालक भन्छन्, ‘अवैध कम्पनीका कारण हामी बद्नाम भयौँ’

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:४३ बजे
‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

‘मानवीय तथा भौतिक विकासलाई एकैसाथ लैजानुपर्छ’ : मन्त्री कार्की

प्रकाशित मिति : २०७९ असार १३ गते, २०:२९ बजे



लाेकप्रिय

  • ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    ट्रिपरको ठक्करबाट तरहरा निवासी, कांग्रेस नेता मछिन्द्र खवासकी धर्मपत्नीको निधन

    2065 shares
    Share 826 Tweet 516
  • इटहरीको जुट विकासमा चितुवा भेटिएपछि…

    1056 shares
    Share 422 Tweet 264
  • इटहरीमा कांग्रेसका उम्मेदवारलाई हराउन लागेको भन्दै वडा कार्यसमितिले गर्यो कारबाहीको सिफारिस

    720 shares
    Share 288 Tweet 180
  • इटहरीको मुख्य चौकमा राजा वीरेन्द्रको शालिक राख्ने मेयरको अभिव्यक्तिपछि चौतर्फी विरोध

    720 shares
    Share 288 Tweet 180
  • युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल, इटहरीका एक पुरुषसहित ६ जना पक्राउ

    672 shares
    Share 269 Tweet 168
Facebook Instagram Youtube RSS

दर्ता

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

सम्पर्क

ठेगाना : इटहरी–२०, तरहरा, सुनसरी
इमेल : [email protected]
फोन : ९८५२०२७०२८

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक
विवेक विवश रेग्मी
सम्पादक
प्रदीप सुवेदी
सल्लाहकार
हर्ष सुब्बा
प्रा. डा. भीम खतिवडा
अमर खड्का
पवन अधिकारी
संवाददाता (डेस्क)
विशाल रेग्मी

Web Design by :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय निर्वाचन
  • टाकुरा विशेष
  • विचार
  • कला साहित्य
  • विविध
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • खेलकुद
    • अन्तर्वार्ता
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana