इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १९ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी १९ मा नेकपा एमालेका श्रीनारायण चौधरीले १,८८१ मत प्राप्त गर्दै विजयी भए ।
उनका प्रतिद्वन्दी नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार दुर्गाप्रसाद पौडेलले १,७९२ मत पाए ।
गत ०७४ को निर्वाचनमा पनि चौधरी उनै पौडेललाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै, महिला सदस्यमा १,९०७ दलित महिला सदस्यमा १,८०६, खुल्ला सदस्यमा १,७६८ र खुल्ला सदस्यमा १,८६५ मत प्राप्त गर्दै विजयी भएका छन् ।
विजयी सबै नेकपा एमालेका उम्मेदवार रहेका छन् ।
Discussion about this post