इटहरी : इटहरीमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ ।
हालसम्म ३०,२४४ मतगणना हुँदा पौडेलले १३,७७९ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा एमालेका यामकुमार सुब्बाको ११,५६५ मत प्राप्त भएको छ । उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरीको अग्रता कायमै छ ।
चौधरीको १२,९९४ मत प्राप्त हुँदा गठबन्धनका केशवकुमार विष्टको ८,२०९ मत प्राप्त भएको छ ।
यस्तै, राप्रपाबाट मेयरका उम्मेदवार आकाश सुब्बाको १,३२० मत प्राप्त भएको छ भने उपमेयरमा राप्रपाबाट उम्मेदवार रहेकी वविता चौधरीको १,७५२ मत प्राप्त गरेकी छन् ।
Discussion about this post