इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार बेचन मेहता निर्वाचित भएका छन् ।
मेहताले ६ हजार ८७४ मत प्राप्त गर्दैै विजयी भएका हुन् । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी कुमारी विभा यादव निर्वाचित भइन् ।
विभा यादवले ६ हजार १ सय १२ मत प्राप्त गरिन् ।
निर्वाचन अधिकृतको कार्यालय देवानगञ्जका अनुसार अध्यक्षमा मेहताका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्यामलाल मेहताले ६ हजार ३ सय ५८ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा जनता समाजवादी पार्टीकी आशमनी कुमारी यादवले ६ हजार ९७ मत प्राप्त गरिन् ।
गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीबाट पालिकाको अध्यक्ष पदका बेचन मेहता नेपाली कांग्रेसका उम्मेदवार लाली प्रसाद मेहतासँग पराजित भएका थिए ।
देवानगंज गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुर्य नारायण पाल, वडा नम्बर २ मा नेकपा एमालेका जगनारायण मेहता, वडा नम्बर ३ मा जसपाका अनिल भगत, वडा नम्बर ४ जसपाका सुशिल मेहता, वडा नम्बर ५ मा नेकपा एमालेका मनोज कुमार मण्डल, वडा नम्बर ६ मा हरिनन्दन मेहता, वडा नम्बर ७ मा सूर्यनारायण यादवको प्यानलसहित निर्वाचित भएका छन् ।
Discussion about this post