इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १८ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार यहाँ नेकपा एमालेका रामकुमार चौधरीको प्यानल निर्वाचित भएको हो ।
उनले १,१६६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओबादी केन्द्रका वडाध्यक्षका उम्मेदवार राजदेव चौधरीले ७१६ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा जस्मिन चौधरीले १,१९८ मत प्राप्त गर्दै विजयी भइन् ।
दलित महिला सदस्यमा रिंकु मोचीले १,१८६ मत प्राप्त गरिन् । खुल्ला सदस्यमा संगीतकुमार बस्नेतले १,१४४ मत प्राप्त गरेभने अम्बास मियाँले १,१३० मत प्राप्त गर्दैै विजयी भए ।
महिला सदस्यमा नेपाली कांग्रेसकी सर्वदा अधिकारी खत्रीले ७५५ मत प्राप्त गरिन् । यस्तै, पदमकुमारी विश्वकर्माले ७७५ मत प्राप्त गरिन् ।
खुल्ला सदस्यमा सरिलाल चौधरीले ८०२ मत प्राप्त गर्दा खुल्ला सदस्यमै माओबादी केन्द्रका हेमन्त राईले ६८५ मत प्राप्त गरे ।
Discussion about this post