इटहरी : इटहरी उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ ।
हालसम्म ५६,७८९ मतगणना हुँदा पौडेलले ४ हजार मतान्तरले अग्रता लिएका छन् ।
पौडेलले २५,८१६ मत पाएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका यामकुमार सुब्बाले २१,८१९ मत पाएका छन् । यस्तै, उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरीको अग्रता छ । चौधरलिे २५,०४३ मत पाएकी छन् भने गठबन्धनका केशवकुमार विष्टको १४,५०६ मत प्राप्त भएको छ ।
हालसम्म ११ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये १, ६ र २० नम्बर वडामा नेपाली कांग्रेसले जितेको छ । यस्तै, २, ३, ४, १५, १६, १७, १८ र १९ नम्बर वडा नेकपा एमालेले जितेको छ ।
इटहरीमा कुल ७३,७३२ मत खसेको थियो । हाल ५, ७, ८, ९, १२, १३ र १४ नम्बर वडाको मतगणना भइरहेको छ ।
Discussion about this post