धरान : धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले फराकिलो अग्रता लिएका छन् ।
उनले अहिलेसम्म ४ हजार १५९ मतको अग्रता लिएका छन् ।
आज बिहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साम्पाङले १९ हजार १५५ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् ।
उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघाले अग्रता लिएका छन् ।
उनले १८ हजार ८६४ मत पाउँदा नेकपा एमालेका पदम लिम्बूले १६ हजार ५८१ मत पाएका छन् । अब ४ हजार ६२१ मत गन्न मात्र बाँकी छ ।
Discussion about this post