इटहरी : इटहरीका रिहान दाहाल र नम्रता श्रेष्ठ इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको पाथीभरा जब लिंक लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ को विजेता घोषित भएका छन् ।
दाहाल जनता मावि र श्रेष्ठ कन्चनजंघा मन्टेश्वरीमा अध्ययनरत छन् ।
स–साना बालबालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फस्र्ट रनरअप ब्लुमिङ किन्डरगार्डेन मन्टेश्वरीका अर्चित भट्टराई र रियाना ओझा घोषित भए ।
यस्तै, ममता किन्डरगार्डेन मन्टेश्वरी स्कुलकका दृश्य बराल र कन्चनजंघाकी विमिषा रेग्मी सेकेण्ड रनरअप घोषित भइन् ।
संस्थाका सिइओ तुलसी घिमिरेका अनुसार इटहरी क्षेत्रभित्रका दशवटा विद्यालयको सहभागीमा बाल गायक प्रितम आचार्य र कलाकार विक्रम श्रीलाई सम्मान समेत गरियो ।
प्रतियोगिता अन्तर्गत बालबालिकाहरुलाई तालिममा अशेष तिम्सिनाले चित्रकला, विक्रम श्रिले मूर्तीकला, शोभा बजगाईले बाल दुव्र्यवहार, मनिता तामाङले सौन्दर्य टिप्स, ममता प्रसाईले स्वास्थ्य र सौन्दर्यबारे तालिम र आवश्यक जानकारी दिएको कार्यक्रम संयोजक ईश्वरी सिग्देलले बताए ।
कार्यक्रममा एनजिओसीसी सुनसरीका पुष्प भट्टराई प्रमुख अतिथि थिए । प्रतियोगिताको निर्णायकमा रोशन श्रेष्ठ, मनिता तामाङ र माधव केसी थिए ।
Discussion about this post