इटहरी : इटहरीमा छात्रा बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
विद्यार्थी बलात्कारको आरोप लागेका तत्कालीन इटहरीस्थित ब्लुमिङ् लोटस इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्कालाई सोमबार सुनसरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
उनलाई झुम्का कारागार पठाइएको छ ।
घटनापछि फरार रहेका ३६ वर्षीया खड्कालाई गत बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरी सुनसरी प्रहरीलाई जिम्मा लगाएको थियो ।
सुनसरी जिल्ला अदालतका स्रेस्तेदार मोहनबहादुर अधिकारीले टाकुरालाई दिएको जानकारी अनुसार बिहीबार साँझमात्र सुनसरी ल्याइएका खड्कालाई शुक्रबार बिहान ११ बजे सुनसरी जिल्ला अदालतमा हाजिर गराएर सोमबार बयान लिइएको थियो ।
बयानपछि थुनछेक बहस भएको र उनलाई न्यायाधीश सुबासबाबु पुरीको इजलासले पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
खड्काविरुद्ध पीडित छात्राले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिइएकी थिइन् । प्रहरीले समेत आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेपनि खड्का भने फरार थिए ।
इटहरीको ब्लुमिङ् लोटसमा खड्काले २०७२ देखि २०७३ को अन्तिमसम्म प्रिन्सिपल भएर काम गरेका थिए ।
त्यतिबेला १५ वर्षकी कक्षा ९ मा पढ्ने छात्रालाई होस्टेलमा बसेका बेला पटकपटक बलात्कार गरेको आरोप छ ।
प्रिन्सिपल खड्काले ती छात्रालाई उपचार गराउन लैजाने बहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको खुलेको छ ।
युवतीका अनुसार पहिलो पटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेका थिए । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याकमेल गरेर बलात्कार गरेको आरोप लागेको छ ।
यो पनि – इटहरीमा छात्रालाई बलात्कार गरेको आरोप लागेका प्रिन्सिपललाई सुनसरी अदालतमा हाजिर गराइयो
यो पनि – इटहरीमा दुई वर्षसम्म छात्रालाई बलात्कार गर्ने प्रिन्सिपल पक्राउ
यो पनि – इटहरीमा प्रिन्सिपलले दुई वर्षसम्म विद्यार्थी बलात्कार गरेको घटना यसरी बाहिरियो
Discussion about this post