इटहरी : मुटुरोग विशेषज्ञ डाक्टर माधव विष्टले मुटु र प्रेसर सम्बन्धि रोगको सेवा सुविधा अब इटहरीमा समेत दिने भएका छन् ।
डा. विष्टले मुटु, प्रेसर क्लिनिक मार्फत आफ्नो सेवा इटहरीमा दिने भएका हुन् ।
विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेर मुटुरोगीहरूलाई सेवा दिँदै आएका विष्टले इटहरीमा आफ्नै क्लिनिकमार्फत सेवा प्रदान गर्ने उद्देश्यका साथ क्लिनिक संचालनमा ल्याएको बताए ।
क्लिनिक इटहरीको मुख्य चौकदेखि पश्चिममा रहेको राधाकृष्ण पेट्रोल पम्प अगाडि रहेको छ ।
उनले मुटुको जटिल उपचार विधिमध्यको एक मानिने एनजियोप्लास्टीमाको समेत सफल उपचार गरिसकेका छन् ।
अब इटहरीमै सेवा सुरु भएपछि विराटनगर पुगिरहन नपर्ने डा. विष्टले जानकारी दिए ।
Discussion about this post