धरान : धरानमा कांग्रेसबाट विजेता तथा उपविजेता भएकाहरूलाई सम्मान गरिएको छ ।
नेपाली कांग्रेस धरान उपमहानगर समितिले आइतबार एक कार्यक्रमको आयोजना गर्दै मेयरका प्रत्याशी किशोर राईसहित २० वटै वडाका विजेता तथा उपविजेताहरूलाई सम्मान गरेको हो ।
विजेता तथा उपविजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका नेता राजीव कोइरालाले सम्मान गरे ।
कांग्रेस धरान नगर समितिका सभापति श्याम पोखरेलका अनुसार ०७६ को उपनिर्वाचनमा धरानको मेयरमा नेपाली कांग्रेसबाट विजयी भएका तिलक राई र वडा नं. ५ का तत्कालीन वडाध्यक्ष सन्तोष लिम्बूलाई पनि सम्मान गरियो ।
यस्तै, इनरुवा नगरपालिकाका मेयर तथा कांग्रेस जिल्ला सभापति केदार भण्डारीलाई समेत सम्मान गरिएको छ ।
Discussion about this post