तरहरा : लायन्स क्लब अफ तरहरा, इटहरीको अध्यक्षमा मुक्तिनाथ घिमिरे चयन भएका छन् ।
शुक्रबार बसेको बैठकले घिमिरेलाई लायन्स क्लब अफ तरहराको २०२२।२३ का लागि घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै, प्रथम उपाध्यक्षमा शिव रुम्दाली राई, द्वितीय उपाध्यक्षमा शारदा खड्का र तृतीय उपाध्यक्षमा पवन अधिकारीलाई चयन गरिएको छ ।
यस्तै, कोषाध्यक्षमा भक्तबहादुर पुरी, सचिवमा वसन्त घिमिरे चयन भएका छन् ।
यसअघि २०२१।२२ सन्तोष श्रेष्ठ अध्यक्ष रहेका थिए । उनका अनुसार आगामी जुलाई १ बाट घिमिरेको कार्यकाल सुरु हुनेछ ।
एक वर्ष रहने कार्यकालमा आफूले पर्यावरण तथा साहित्यिक गतिविधिका काममा सक्रियताका साथ काम गर्ने नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए । उनले भने, ‘अब पर्यावरणसँगै साहित्यिक क्षेत्रका गतिविधिमा लायन्सले काम गर्नेछ ।’
Discussion about this post