इटहरी : इटहरीमा राप्रपाका विभिन्न भातृ संगठनद्वारा सरसफाई अभियान सञ्चालन गरिएको छ ।
शनिबार (आज) इटहरीमा राप्रपाका विभिन्न भातृ संगठनद्वारा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।
राप्रपाका भातृ संगठन रा.प्र.वि संघ, युवा संगठन, युवामोर्चा र इटहरी नगरको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
‘सफा इटहरी, सभ्य इटहरी’ भन्ने सन्देशका साथ सरसफाई अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रममा राप्रपाका सुनसरी जिल्ला अध्यक्ष दुर्गा ब बस्नेत, उपाध्यक्ष कृष्ण न्यौपाने, सचिव अनिल सुब्बा इटहरी नगर अध्यक्ष आकाशहाङ सुब्बा लगायतको सहभागिता थियो ।
Discussion about this post