धरान : लिम्बू भाषा लिपि, संस्कृतिको संरक्षण तथा विकासमा योगदान पुर्याएको भन्दै धरानका वीर नेम्वाङ्गलाई नगद एक लाखसहित सम्मान गरिएको छ ।
धरानस्थित चुम्लुङ्ग भवनको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै लिम्बूवान नागरिक समाज युकेद्वारा स्थापना गरिएको नगद पुरस्कारद्वारा नेम्वाङ्गलाई सम्मान गरिएको हो ।
लिम्बूवान नागरिक समाज युकेका सभापति छत्र वनेमका अनुसार पुरस्कारको राशी एक लाख रहेको छ । उनलाई प्रदेश १ का सभामुख प्रदीप भण्डारीले सम्मान गरेका थिए ।
किराँत याक्थुङ चुम्लुङ्ग सुनसरीका सल्लाहकार स्वर्णिमहाङ फोम्बोका अुनसार कार्यक्रममा स्वागत मंतव्य लिम्बू पत्रकार संघ नेपालका कोषाध्यक्ष सिंहबहादुर मादेनले गरेका थिए ।
यस्तै, किराँत याक्थुङ्ग चुम्लुङका केन्द्रीय महासचिव योगेन्द्र पालुङ्वा, लिम्बू भाषाविद् एव इतिहासविद् कमल तिगेला लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन लिम्बू पत्रकार नेपालकी सचिव निलिफा सुब्बाले गरिन् ।
Discussion about this post