इटहरी : भायानेट कम्युनिकेसन प्रालिले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियान यो वर्ष पनि जारी राखेको छ ।
अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको थियो ।
ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक सञ्जालमार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो । उक्त कुरा थाहा पाएपछि भायानेटले उनको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो ।
यसरी इन्टरनेट र पठनपाठनबाट वञ्चित एउटा परिवारलाई गरिएको सहयोग नै गुड विथ इन्टरनेट नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा परिणत भयो । जसले पैसाकै अभावका कारण इन्टरनेट र पठनपाठनबाट वञ्चित परिवार र उनीहरूका बालबालिकाको शिक्षालाई इन्टरनेट दिएर सहयोग गर्दछ ।
आजभोलि इन्टरनेट कनेक्टिभिटी अझ व्यापक र सर्वसुलभ बन्दै गइरहेको छ । यद्यपि, अझै पनि धेरै बालबालिकाहरू इन्टरनेटकै अभावमा गुणस्तरीय शैक्षिक अवसरहरूबाट वञ्चित छन् ।
सोही कारण अभियानको दोस्रो वर्षमा चक्रपथको सडकमा फिटकिरी बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी डल्ली दिदी, कपनमा पानीपुरी बेचेर आफ्नो छोराछोरी पढाइरहेकी अमला दिदी लगायतका १५ विभिन्न परिवारलाई कम्पनीले सहयोग गरेको छ ।
आगामी वर्षहरूमा कम्पनीले यस्तै परिवारहरूलाई मद्दत गर्ने योजना बनाएको छ । भायानेटले पैसाकै अभावका कारण कोही इन्टरनेट र पठनपाठनबाट वञ्चित भए सम्पर्क गर्न आह्वान गरेको छ ।
गुड विथ इन्टरनेट सम्बन्धी थप जानकारीका लागि लिंक हेर्नुहोस् :
https://www.facebook.com/vianetnepal/videos/1636532250056787
Discussion about this post