पाँचथर : पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ पाङ्ग्रेभीरस्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।
झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे १ ज २७८४ नम्बरको कार अनियन्त्रित भय सडकबाट ७ सय मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा जलथल ५ का ४५ वर्षीय प्रकाश बुढाथोकीको घटनाथस्लमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारमा सवार पाचँथर फालेलुङ गाँउपालिका १ का ३५ वर्षीय भीष्म केरुङको झापास्थित बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post