इटहरी : इटहरीमा कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ ।
इटहरी उपमहानगरपालिकाले सहकारी समूहमा आवद्व कृषकहरूलाई पावर टेलर र मिनी टेलर वितरण गरेको हो ।
नगर सरकारको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लागत सहभागितामा ६ ओटा पावर टेलर र पाँच ओटा मिनी टेलर वितरण गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार कृषकहरूको उत्पादकत्व वृद्धि गर्न योगदान पुगोस् भन्ने उदेश्यले नगर सरकारको कृषि कार्यक्रम अन्तर्गत कृषि सामग्री वितरण गरिएको हो ।
Discussion about this post