इटहरी (डेस्क) : झापामा तीनजना किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको कचनकवल गाउँपालिका ५ स्थित पठामारीमा तीनजनक किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सुनकोशी चिया बगानमा कार्यरत तीनजना किशोरी झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना मृत अवस्थामा भेटिएका हुन् ।
तीनजना एउटै रूखमा एकैपटक झुण्डिएको भेटिनुले घटना शंकास्पद र योजनाबद्व रूपमा भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसार भइरहेको छ।
Discussion about this post