विराटनगर : विराटनगर जाने नयाँ प्रवेशद्वार निर्माणाधीन अवस्थामा छ ।
महागनरपालिकाले २०७७ पुषमा उत्तरी प्रवेशद्वारको डिजाइन सार्वजनिक गरेको थियो । नयाँ डिजाइन सार्वजनिक गरेको डेढ वर्ष भइसकेको छ ।
६ लेन सडक बनेपछि अहिले भएको प्रवेशद्वार भत्काउनु पर्ने भएपछि नयाँ डिजाइनको प्रवेशद्वार निर्माण गर्न लागिएको हो ।
२०७७ साल पुषमा नयाँ डिजाइन सार्वजनिक गर्दै महानगरले चालु आर्थिक वर्ष भित्रै निर्माणको काम अगाडि बढाउने जनाएको थियो । तर, अहिलेसम्म निर्माणको काम सुरु भएको छैन ।
प्रवेशद्वार साढे २ करोड लागतमा निर्माण हुने महानगरले जनाएको छ । यता महानगरका इन्जिनियर अर्जुन थापाका अनुसार सडक विभागमा प्रवेशद्वारको डिजाइन पठाइएको छ ।
सडक विभागले स्वीकृति गरेपछि टेन्डर आह्वान हुने उनले बताए ।
Discussion about this post